- चार जनाको घर हो यो पौस्टिक तत्वको खानी, दश भाई मिली खोस्छन तानी-तानी के हो ? -दुध दुहेको
- सुरिलो रुखको लामकाने पात, खातैखात लाने स्वादिलो जात, के हो ? - केरा
- मुखभरि दात मेरो नबोली नै बस्छु, आधा वैश ढल्के बल्ल मुख खुल्छ, के हो ? -अनार
- नाकमा टेकी कानमा समाउने के हो ? -चश्मा
- घरतिर जादा वनतिर मुख, बनतिर जादा घर तिर मुख, के हो ? -बन्चरो
- टकटक गर्दै हिड्छन घरभित्र तीन भाई, सबै लाई सचेत गर्छन समय जनाई, के हो ? -घडी
- नौदिन सम्म कोठाभित्र थुनिएर बस्छ, दश दिन हुनासाथ शिरमाथी चढ्छ , के हो ? -जमरा
- रंगरूप केही छैन स्वाद पनी छैन तर पनि गरौ कसो त्यो नभएनि हुन्न, के हो ? -पानी
- न त हुन्छ हागा बिगा, न त हुन्छ पात, जतिसुकै काटे पनि पलाउने जात, के हो ? - नंग र कपाल
- लालु लालु खुट्टा स्याउ स्याउ पात, लम्कन्छ बुढो पचास हात, के हो ? -बास
- जति तान्यो उति सानो के हो ? - चुरोट
- गति न पति पुच्छरमा बत्ति, के हो ? -जुनकिरी
- चार अक्षरी नाम यसको खोल ओढी हिड्छ, धेरै खाए दात बिगारी सबलाई दुख दिन्छ, के हो ? - चक्लेट
- दुई औलाले समातेर मुखभित्र तानी भोक तिर्खा नमेटिए नि मानिसले खानी, के हो ? -चुरोट खाएको
- पगरी छ एउटै हाम्रो हामी तीन भाइ, आगो फुकी पोली दिन्छन हामी तिनै लाई , के हो ? -ओदान
- मुन्टो पकाई खाए हुने, छोयो कि त पोलिदिने, के हो ? -सिस्नु
- तीन भाइको बाह्र घर सबै पर्छन तिनकै भर, के हो ? -घडी
- बेसीमा कुलो लेकमा खेत, कतातिर टुप्पो कतातिर फेद, के हो ? -इन्द्रेणी
- हावा खादा टन्न हुने , मुख बाधी छाड्दा माथि उड्ने, के हो ? -बेलुन
- लौन बाबु यता आऊ, आठ थुन जोडी जाडो भगाऊ , के हो ? -दौरा
- माथि उड्न सक्छु म त, बग्न पनि सक्छु. बग्दाबग्दै टक्क अडि जम्न पनि सक्छु के हो ? -पानी
- पल्लो घरकी एक्ली बुढी, कुम्लो छाडी रुख चढी, के हो ? -तरुल
- पहिरन नमिलेको लामो लामो धोति, त्यो धोतीलाई छिन्न सके फल्छ हिरामोती, के हो ? -नदि खोला
- कुवा न ताल, पानीको छाल, के हो ? -आशु
- गोलो गोलो चकटी छ बस्न नहुने , बस्न खोजे कसैको ज्यानै नरहने, के हो ? -इनार
Updating Soon